सर्वोच्चका नवनियुक्त ५ न्यायाधीशले लिए सपथ
काठमाडौँ, ८ वैशाख । सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
आइतबार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित समारोहमा नवनियुक्त पाँच न्यायाधीशले पद तथा गोपनीयताको सपथ लिएका हुन ।
नवनियुक्त पाँच न्यायाधीशहरुमा प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सपथ गराएका हुन् ।
आइतबार नै प्रधानन्यायाधीश जबराले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई सपथ गराएका छन् ।