प्रेमी प्रज्वलसँग रेनाशाले साटिन औँठी

काठमाडौँ, ९ वैशाख । निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई र निर्माता प्रज्जवल शम्सेर जबराले इन्गेजमेन्ट गरेका छन ।

आइतबार राजधानीमा रहेको शंकर होटलमा दुबै परिवारको उपस्थितिमा उनीहरुले औँठी साटेका छन् । उनिहरुले लामो प्रेम सम्बन्धलाई आउँदो वैशाख २४ गते विवाह गर्न लागेका छन ।

प्रज्जवल आइकोर फिल्मस्का मालिक प्रभु शम्सेर जबराका छोरा हुन् । अहिले यो कम्पनी प्रज्जवले चलाउँदै आएका छन् । निर्देशक तथा  कोरियोग्राफी रेनशाले विवाह लगत्तै उनी फिल्म ‘आई एम ट्वान्टिवान’ निर्देशन गर्दैछिन् । यसलाई प्रज्जवलले निर्माण गर्दैछन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com