विद्यार्थी संगठनहरूले सरकारविरुद्ध आन्दोलन गर्ने

काठमाडौँ, ९ वैशाख । प्रमुख प्रतिपक्षिदलको भातृ संगठन नेपाल विद्यार्थी संघसहित विपक्षी साना दलहरू निकटका विद्यार्थी संघ—संगठनहरूले सरकारविरुद्ध आन्दोलन गर्ने भएका छन् ।

काठमाडौंको माइतीघरमण्डलामा वैशाख १३ गते दिउँसो १ बजे सरकारविरुद्ध विरोध प्रदर्शन गर्न लागेका हुन् । सरकारले जनतालाई शान्ति सुरक्षा दिन नसकेको, शिक्षामा चर्को शुल्क वृद्धि गरेको, बुढी गण्डकी, एनसेल, फोरजी अनुमति, ३३ किलो सुनकाण्ड, वाइड बडी जहाज खरिद, बालुवाटारको सरकारी जग्गा कीर्ते गरी भू–माफियाले कब्जा गरेको, निर्मला पन्तको बलात्कारी र हत्यारालाई कारबाहीको माग लगायतमा भएका अर्बौंको भ्रष्टाचारविरुद्ध विद्यार्थी संगठनहरूले प्रदर्शन गर्न लागेको बताइएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com