चीनका रक्षामन्त्री आज नेपाल आउँदै, यस्ताे छ भ्रमण-तालिका
काठमाडौँ, १४ मंसिर । चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने भ्रमणमा आज नेपाल आउने भएका छन ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चीनका पहिलो वरियताका स्टेट काउन्सिलर वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित अहिले बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन ।
परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार काठमाडौं ओर्ले लगत्तै मन्त्री वेई बालुवाटारस्थित चिनियाँ दूतावास पुग्नुनेछन । त्यहाँ दिवाभोज गरेपछि उनी औपचारिक वार्ताका लागि जंगी अड्डामा पुगी प्रधानसेनापति पूर्णचन्द्र थापासँग प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी आज साँझ नै चीन फर्कने छन ।