नेकपा स्थायी कमिटीको बैठक सम्पन्न

काठमाडौँ, २१ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको आजको बैठक मंसिर २८ गते बस्ने गरी बैठक सकिएको हो । उक्त बैठकसम्म अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी ओली शर्मासँग सहमतिका लागि संवाद गर्ने बताइएको छ  ।

यसअघि शनिबार बसेको सचिवालयको बैठकले सबै प्रस्तावमाथि छलफल गरेर पार्टी देखिएको संकटको निकास खोज्ने गर्ने निर्णय गरेको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com