उखु किसानको पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने सरकारको निर्णय

काठमाडौँ, ३० मंसिर । सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ ।

मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी बैठक बसेको थियो ।

बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र नेपाल प्रहरीका एक एआइजी पनि सहभागी थिए । पैसा नपाएपछि अहिले उखु किसानहरूले सडकमा आन्दोलन गरिरहेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com