आजदेखि अंग्रेसी नयाँ वर्ष सन् २०२१ सुरु

काठमाडौँ, १७ पौष । आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु भएको छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष पनि भनिन्छ ।

काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा अंग्रेजी नयाँ वर्ष मनाइने गरिन्छ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com