सभापति देउवा सवार हेलिकप्टर आकस्मिक अवतरण

गोरखा, १ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण भएको छ ।

बिहीबार पालुङटार नगरपालिका-२ आँपपिपल भन्ने स्थानमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरूङले जानकारी दिनुभयो ।

गुरूङलेका अनुसार मौसमको कारणले केहीबेर गोरखामा अवतरण गरिए पनि अहिले देउवा सवार उक्त हेलिकप्टर पर्वतका लागि उडिसक्नुभएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com