प्रमाण पाए, जतिसुकै शक्तिशाली व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउने छु: अख्तियार प्रमुख राई

काठमाडौँ, २६ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमितता गरेको प्रमाण पाएमा जतिसुकै शक्तिशाली व्यक्ति भए पनि कार्यवाहीको दायरामा ल्याइने बताएका छन् ।

अनौपचारिक भेटघाटमा उनले सय दिनसम्म कुनै मिडियामा नबोल्ने बताए । उनले भने, ‘नेपाल आमालाई साँची राखेर मैले कसम खाएको छु। प्रमाण पाए, जतिसुकै शक्तिशाली व्यक्ति भए पनि कानुनी दायरामा ल्याउने छु ।’

उनले बधाईको बहानामा बिनाकारण अख्तियारमा भेटघाट गर्न नआउन पनि सबैमाझ आग्रह गरेका छन् । ‘यो काम गर्ने बेला हो । त्यसैले बधाई दिने बहानामा अनावश्यक भेटघाट गर्न नआइदिनु होला,’ उनले भने ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com