प्रचण्डलाई ओली जवाफ: जसहभागिता हेर्न बुटवल आउनुस्, कस्तो हुन्छ, हेर्नुस्
बुटवल, १ फागुन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले जनसहभागिता कस्तो हुन्छ भनेर बुटवलको प्रदेशस्तरिक कार्यक्रम हेर्न आउन पुष्प कमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाललाई जवाफ दिनुभएको छ ।
शनिबार बुटवलमा आयोजित सभामा प्रधानमन्त्री ओली समूहका अध्यक्ष ओलीलाई जनसमर्थन कस्तो हुन्छ हेर्न बुटवलमा आउन आग्रह गर्नुभयो । देशभरबाट जम्मा गरेको अलिकति मान्छे देखेपछि जनसभा हेर्न आऊ भनेर आफूलाई भनेको भन्दै उहाँले भन्नुभयो, ‘आज म देशभरीको होइन, लुम्बिनी प्रदेशको वुटबलमा आयोजित सभा हेर्न आउन आग्रह गर्न चाहन्छु । जसहभागिता कस्तो हुन्छ, हेर्नुस् ।’
२८ माघमा काठमाडौँमा भएको जनसभामा प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आसमभा कस्तो हुन्छ देख्नुभयो भनेर प्रश्न गरेका थिए ।