भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाको खोप
काठमाडौँ, १७ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसविरूद्धको खोप लगाएका छन् ।
सोमबार बिहान दिल्लीको एम्स अस्पतालमा खोपको पहिलो डोज लगाएको मोदीले सामाजिक सञ्जाल ट्वीटरबाट जानकारी दिएका छन् । आफूले खोप लगाएपछि मोदी खोप लगाउन हुने सबैलाई खोप लगाउन आग्रह गरेका छन्।
भारतमा आजदेखि ६० वर्षमाथिका नागरिकका लागि खोप लगाउन सुरू गरिएको छ। भारतमा अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन भइरहेको छ । सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको खोप नेपालमा पनि ल्याइएको छ ।