सगरमाथा आरोहण गर्न बहराइन राजपरिवार नेपालमा
काठमाडौँ, २ चैत । बहराइनका राजपरिवारका सदस्य सेख मोहम्मद अमाद अल कोलिफासहितको १६ जनाको टोली सगरमाथा आरोहणका लागि नेपाल आएको छ । यो आरोहण टोली बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर आज नेपाल आइपुगेको हो ।
टोलीमा बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनका नागरिक र ३ जना बेलायती नागरिक छन् । हराइन डिफेन्स फोर्सको सैन्य विशेष विमानबाट टोली नेपाल आउन लागेको हो । बहराइनस्थित नेपाली दुतावासका अनुसार टोलीमा १३ जना बहराइनी तथा ३ जना बेलायती नागरिक छन् । उक्त टोली नेपालमा ८० दिन रहनेछ ।
यो टोलीले गोरखाको चुमनुब्री गाउँपालिकास्थित समागाउँका बासिन्दाका लागि कोरोना भाइरस विरुद्धको खोप समेत ल्याएर आएको छ । यो खोप सहयोगस्वरुप प्रदान गर्न लागिएको हो ।