राधाकृष्ण मैनाली पनि माधव समूहको भेलामा

काठमाडौँ, ४ चैत । नेकपा एमालेको माधव नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्‍युनिस्ट नेता राधाकृष्ण मैनाली पनि उपस्थित भएका छन् ।

आज ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेलामा पुराना कम्‍युनिस्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइरालासँगै मञ्‍चमा मैनाली पनि उपस्थित भएका हुन् ।

राधाकृष्ण मैनाली पुराना कम्युनिस्ट नेता हुन् । २०२८ मा झापा विद्रोहपछि १४ वर्ष जेलजीवन बिताएका मैनाली बहुदल आएसँगै २०४७ मा वाममोर्चाको कार्यवाहक अध्यक्ष बन्ने मौका पाएका थिए । एमालेमा रहँदा दुईपटक र एमाले विभाजनपछि मालेबाट एकपटक मन्त्रीसमेत बनेका उनले राजा ज्ञानेन्द्रले गठन गरेको मन्त्रिपरिषदमा पनि मैनालीले शिक्षामन्त्रीको जिम्मेवारी निर्बाह गरिसकेका छन् ।

त्यतिबेला एमालेले कारबाही गरेपछि माओवादीमा प्रवेश गरेका उनी त्यहाँ सम्मानजनक स्थान नपाएको भन्‍दै केही महिनाअघि फेरि एमालेमै फर्किएका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com