प्रचण्डको सल्लाहकार एमालेमा प्रवेश

काठमाडौँ, ४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सल्लाहकार नेकपा एमालेमा प्रवेश गरेका छन ।

माओवादीका केन्द्रीय सल्लाहकार प्राध्यापक श्यामसुन्दर शेर्पाले माओवादी केन्द्र छाडेर नेकपा एमालेमा आज प्रवेश गरेका हुन ।

प्रधानमन्त्री निवास बालुवाटार सल्लाहकार सदस्य प्राध्यापक शेर्पालाइ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा खादा ओढाएर स्वागत गरेका छन ।

शेर्पाले माओवादी आन्दोलनको अब औचित्य नरहेको पनि बताएका छन । संखुवासभाका शेर्पा २०६४ सालअघि एमालेमै थिए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई असफल पार्न र हटाउन प्रचण्डले एमालेभित्र समिकरण बनाउन खोज्दा आफैं झन् कमजोर बनेको शेर्पाले बताएका छन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com