तीन दलको बैठक सम्पन्न: यस्तो छ निष्कर्ष

काठमाडौँ, २७ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको आव्हानमा भएको तीन दलको बैठक सम्पन्न भएको छ ।

सभापति देउवा निवार बुढानिलकण्ठमा भएको कांग्रेस, माओवादी केन्द्र तथा जनता समाजवादी पार्टी (जसपा) बीचको बैठक निष्कर्ष विहिन रुपमा सम्पन्न भएको छ । नयाँ सत्ता समीकरणबारे बुढानिलकण्ठमा बसेको तीन दलको बैठक बिनानिष्कर्ष सकिएको छ । सत्ता समीकरणबारे निर्णय गर्न शुक्रबार बसेको ३ दलको बैठकमा जसपाले समय मागेपछि आजको बैठक बिनानिष्कर्ष सकिएको हो ।

आजको बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसले गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णयबारे दलहरूलाई औपचारिक जानकारी गराउनुभएको थियो । जसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले सकारात्मक प्रतिक्रिया दिनुभएको थियो । तर जनता समाजवादी पार्टीले कांग्रेसको प्रस्तावबारे पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएपछि बैठकमा कुनै ठोस सहमति हुन सकेन ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा सकारात्मक छलफल भएको जसपाको पार्टी बैठक बसेपछि पुन ३ दलको बैठक बस्ने सहमति भएको जानकारी दिनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com