पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

काठमाडौँ, ७ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उहाँहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । उहाँहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com