महन्थद्वारा देउवाको प्रस्ताव अस्वीकार

काठमाडौँ, ३० वैशाख । नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा)को महन्थ ठाकुर पक्षबीच बिहीबार भएको वार्ता विफल भएको छ ।

वार्ताका क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले आफू नेतृत्वमा बन्ने सरकारलाई सघाउन गरेको आग्रहलाई ठाकुरले अस्वीकार गर्नुभएको छ । देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा जसपा अध्यक्ष ठाकुरले आफूहरु सरकार निर्माणको दौडमा नरहेको कारण कुनै प्रकारको सहयोग नहुने स्पष्ट धारणा राख्नुभएको छ । जसपा नेपालले राखेको माग कहीँबाट पुरा नहुने देखेर आफूहरु तटस्थ बस्ने निर्णय गरेको कारण सत्ता समीकरणमा जसपाको कुनै भूमिका नरहने उहाँले स्पष्ट पारेको स्रोतले जनाएको छ ।

जसपा नेपालले राखेको माग पुरा गर्न आफूहरु तयार रहेको र त्यसका लागि मिलेर सरकार बनाउन देउवाको प्रस्ताव गर्नुभएको स्रोतले जनाएको छ । स्रोतका अनुसार देउवाले यस्तो प्रस्ताव राखेपछि अध्यक्ष ठाकुरले भने यस्तो कुरा आफूहरुले वर्षौदेखि सुन्दै आइरहेको हुनाले माग पूरा हुनेमा आफूहरुलाई कुनै विश्वास नरहेको जवाफ फर्काउनुभएको थियो

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com