सभापति देउवाद्वारा प्रधानमन्त्री ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौँ, ६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज सिंहदरबारमा भेटेर १५ बुँदे ध्यानाकर्षण पत्र बुझाउनुभएको छ ।

कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न तत्काल सबैलाई खोप लगाउने सुनिश्चित गर्द देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको हो । कोरोनाको तेस्रो लहर आएकोले त्यसबाट सुरक्षित राख्न तत्काल खोप ल्याएर सबै नागरिकलाई लगाउन देउवाको माग छ । खोप खरिदलगायतमा देखिएका अनियमितता छानविन गर्न पनि देउवाले माग गर्नुभएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com