जर्मनीले नेपाललाई दियो स्वास्थ्य सामग्री

काठमाडौँ, २५ जेठ । जर्मनीले नेपाल सरकारलाई भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

आज स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । परराष्ट्र मन्त्रालयका अनुसार जर्मनीले ६२ वटा भेन्टिलेटर, ५० हजार भन्दा बढी थान मास्क, गमबुट, टेन्ट लगायतका सामग्री जर्मनीका राजदूतले हस्तान्तरण गर्नुभएको हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com