स्थानीय प्रतिभा तथा रोजगार सिर्जनाको लक्ष्यसहित जम्मु काश्मीरमा नयाँ फिल्म नीति

जम्मु काश्मीर, ८ असार । भारतको जम्मु काश्मीर प्रशासनले स्थानीय क्षेत्र प्रबद्र्धन तथा रोजगार सिर्जना लागि नयाँ फिल्म नीति अबलम्बन गर्ने भएको छ ।

जम्मु काश्मीरमा स्थानीय पर्यटन प्रबद्र्धन र फिल्म क्षेत्रमा स्थानीय प्रतिभाहरुलाई प्रोत्साहन गर्न फिल्म सम्बन्धी नयाँ नीति निर्माण गरिरहेको छ । जम्मु काश्मीरका विभिन्न ठाउँमा सुटि लगायत फिल्म सम्बन्धि काममा प्रोत्साहन गर्न नयाँ नीति निर्माण गर्ने भएको हो । अभिनय, नृत्य, फेसन, कोरियोग्राफी, विज्ञापन जस्ता क्षेत्रमा प्रतिभाशाली व्याक्तिहरुलाई अवसर र रोजगार उपलब्ध हुने उदेश्यले पनि नयाँ फिल्म नीति अबलम्बन गर्ने भएको हो ।

फिल्म निर्माणमा जम्मु काश्मीरका स्थानीय प्रतिभाहरुको सीप उजागर गर्ने तथा स्थानीय पर्यटन प्रबद्र्धन हुने लक्ष्य राखिएको छ । स्रोत लेटेस्ट्ली

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com