एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु

काठमाडौँ, १८ असार । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि एमालेको यो पहिलो बैठक हो । तर आजको बैठकमा पनि बरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थित भएको छ । उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी छन् ।

May be an image of 10 people, people standing and people sitting

विहीबार राति पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले माधव नेपालसँग टेलिफोन संवाद गरी बैठकमा आउन आग्रह गरेका थिए । टेलिफोन गरेर बैठकमा सहभागी हुन प्रधानमन्त्रीले आग्रह गरे पनि नेपालले अस्विकार गरेका हुन् ।

May be an image of 2 people, people sitting and people standing

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com