युथ फोर्सका स्कर्टिङमा बालुवाटारबाट निस्किए ओली

काठमाडौँ, ३० असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेका छन् ।

युथ फोर्सका स्कर्टिङमा ‘अघि बढ ओली बा, प्राण दिन तयार छौं, केपी ओली हाई हाई’ लगायत नारासहित ओलीले बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका हुन् । उनी बालुवाटारबाट निस्कँदा गेटदेखि नै नारा-जुलुस गरिएको थियो ।

ओलीको कार्गेटलाई युथ फोर्सका कार्यकर्ताले मोटरसाइकल र गाडीले स्कर्टिङ गरेका छन् । हर्न बजाएर सवारी चलाउँदै उनीहरूले नाराबाजी गरिरहेका छन् । भक्तपुरका सांसद महेश बस्नेतका अनुसार ओलीलाई कौशलटारमा नागरिक अभिनन्दन गरिने छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com