नेपाल सद्भावना पार्टी ब्युँझाइयो
काठमाडौँ, १० साउन । एकताक चर्चामा आएको नेपाल सद्भावना पार्टी ब्युँझाइएको छ । रामकुमार महतो, सिताराम रौनियार, भरत साह, रवीन्द्र चौधरी (राजेश), सत्यनारायण साह, पवन साहलगायतका केही व्यक्तिहरूले निर्वाचन आयोगमा नेपाल सद्भावना पार्टी नाम गरेको दल दर्ता गरेका छन् ।
आयोगमा उक्त पार्टी १ सय ५५ औ नम्बरमा दर्ता भएको छ । साथै आयोगले उक्त पार्टीलाई पञ्जाछाप चुनाव चिन्ह प्रदान गरेको छ । पञ्जाछाप चुनाव चिह्न पुरानो सद्भावना पार्टीको चुनाव चिह्न हो । २०४७ बैशाख ३ गते गजेन्द्रनारायण सिंहको नेतत्वमा नेपाल सद्भावना पार्टी दर्ता भएको थियो । पछि उक्त पार्टीको नाममा थुपै कानुनी लडाइँ भएको थियो । नेपाल सद्भावना पार्टीको आधिकारिकता पाउन निर्वाचन आयोग र सर्वोच्चमा पटकपटक मुद्दा दायर भएको थियो ।