एक हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी (सूचनासहित)

काठमाडौँ, १२ साउन । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकाली स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटका लागि आवेदन आह्वान गरेको छ ।

मंगलबार सूचना प्रकाशित गर्दै विभागले एक हजारजनाको लागि नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार आवेदन आह्वान गरेको हो ।

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र विभागको वेब पोर्टल ferms.dofe.gov.np मा गई अनलाइन आवेदन दर्ता गर्न भनिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com