सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ, १३ साउन । मन्त्रिपरिषद्लाई पूर्णता दिने बारे छलफल गर्न आज सत्तारूढ गठबन्धनको बैठक बस्दै छ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार लगायत विषयमा छलफल हुनेछ ।

जनता समाजवादी पार्टी जसपाको आधिकारिकता सम्बन्धी विवाद समाधान भएपछि गठबन्धनको बैठक बस्न लागकेको हो । तर एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सरकारमा सहभागी हुने नहुने अन्यौल भएकाले कसरी विस्तार गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुने बुझिएको छ ।

प्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com