एमसिसी संशोधन नगरी अनुमोदन गर्नु राष्ट्रघाती काम हुन्छ: उपाध्यक्ष रावल

काठमाडौँ, १३ साउन । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) शंसोधन नगरी अनुमोदन गर्नु राष्ट्रघाती कदम हुने बताउनुभएको छ ।

बुधबार ट्विटरमार्फत् उहाँले संशोधन नगरीकन एमसिसी सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने भएको उल्लेख गर्दै त्यसो नगर्न पार्टी र सरकार दुबैलाई खबरदारी गर्नुभयो । एमसिसी जस्ताका त्यस्तै अनुमोदन भए देश उपनिवेशकरणतर्फ धकेलिने रावलको तर्क छ ।

उहाँले भन्नुभएको छ, ‘नेपालको संविधान, कानून, राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसिसिसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ । देश उपनिवेशकरणतर्फ धकेलिनेछ । यस्तो काम सरकार र पार्टीले नगरून् । यसबारे प्रतिनिधि सभा पुनर्स्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस् ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com