प्रधानमन्त्रीले पत्निका विजनेस पार्टनरहरुलाई नियुक्ति गरे : सांसद दाहाल

काठमाडौँ, १३ साउन । राष्ट्रिय सभाका सांसद देवेन्द्र दाहालले कांग्रेस नेतृत्वको सरकारले गरेको नियुक्तीबाट सरकार कता जादै छ भन्ने देखिएको बताउनुभयो ।

आजको बसेको राष्ट्रिय सभामा बोल्दै सांसद दाहालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई जनादेशको सरकार भन्न नसकिने स्पष्ट पार्नुभयो । बैठकमा बोल्दै उहाँले सरकारले सुरुमा नै गरेको काम र प्रधानमन्त्रीको अभिव्यक्ति देख्दा सत्ताको दुरुपयोग गरेर अदालतलाई प्रभाव पारेको भ्रष्टलाई उन्मूक्ति दिन तयार देखिएको आरोप लगाउनुभयो ।

विजयकुमार गच्छदारको धरौटी रकमबारे प्रश्न उठाउँदै उहाँले विगो रकमको पनि कम रकममा कसरी उहाँलाई उन्मुक्ति दिइयो भन्ने प्रश्न गर्नुभयो ।

सांसद दाहालले भन्नुभयो, ‘विषम परिस्थितिमा बनेको सरकारले हालसम्म पूर्णता पाउन नसकेको विषयमा प्रश्न उठाए । साथै बल्लबल्ल नियुक्ति भएका राज्यमन्त्री र योजना आयोगमा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमतीका बिजनेस पार्टनरलाई नियुक्ति गरिएको छ । यसबाट पनि सरकारको मूल्याङ्कन गर्न सकिन्छ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com