गुल्मीको मुसिकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु, सात घाइते

गुल्मी, १३ साउन । गुल्मीको मुसिकोट नगरपालिका–४ दोभानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

बुधवार बिहान चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घास आउँदै गरेको लु १ ज ४५५९ जीप दोभानमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ का तेजेन्द्र थापा र वडा नम्बर ५ हरेवाका रेशम कार्की रहेका छन् ।

मृतक एक महिलाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जीप सडकबाट करीब ५ सय मिटर तल खसेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com