झूटो विवरण बुझाएर नागरिकता बनाएको आरोपमा दुई पक्राउ

पर्सा, १४ साउन । झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले झूटो विवरण पेश गरी नागरिकता बनाएको आरोपमा भारत घर भई पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षीया कविता कुमारी भन्ने सीता पटेल र नक्कली बुवा बनेका ५१ वर्षीय धुरूपप्रसाद पटेललाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

सीता पटेलले जिल्ला प्रशासन कार्यालय पर्सामा झूटो विवरण पेश गरेर नेपाली नागरिकता बनाएकी थिइन् । नेपाली नागरिकता बनाएको सूचना पाएपछि वीरगञ्ज(१३ श्रीपुरबाट सीतालाई पक्राउ गरेको थियो ।

प्रहरीले उनको ब्यागबाट २०७९ साल पुस ११ गते जारी भएको ना.प्र.नं. ३४-०१-७०-१०३५२ नम्बरको नागरिकता फेला पारेको थियो । सो नागरिकता बनाउन धुरुपप्रसाद पटेल बुवा बनेका थिए । सो कुरा खुलेसँगै नक्कली बुवा धुरुपप्रसादलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com