अर्थमन्त्री शर्मा र राजदूत याङ्छीबीच भेटवार्ता

काठमाडौँ, १५ साउन । अर्थमन्त्री जनार्दन शर्मा र राजदूत याङ्छीबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ ।

भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुननिर्माणमा प्राप्त भएको चिनिया सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनिया सहयोग र सदभाव निरन्तर रहने विश्वास व्यक्त गरेका छन् ।

नेपाल सरकारले चीनबाट थप खोप खरिद प्रक्रिया अघि बढाएको भन्दै मन्त्री शर्माले यसमा राजदुतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री शर्माले कोभिडविरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गरेका छन् । सरकारले चीनबाट ४० लाख डोज खोप भने खरिद गरिसकेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com