थप ३६११ जनामा कोरोना संक्रमण, १८१६ जना डिस्चार्ज

काठमाडौँ, १५ साउन । थप ३ हजार ६ सय १ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ९३ हजार १ सय ९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ८ सय १६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ५२ हजार २ सय ६१ जना रहेको छ । आज २७ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ८ सय ३४ जना पुगेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com