काठमाडौँ उपत्यकामा थप ८१९ जनामा कोरोना पुष्टि

काठमाडौँ, १५ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८१९ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ५५६, भक्तपुरमा ७६ र ललितपुरमा १८७ गरी ८१९ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म काठमाडौँमा ५९०३, ललितपुरमा १४७८ र भक्तपुरमा ११२० जना सक्रिय संक्रमित छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com