चीनबाट थप ८ लाख भेरोसेल खोप काठमाडौँ आइपुग्यो

काठमाडौँ, १५ साउन । आज चीनबाट थप ८ लाख भेरोसेल खोप काठमाडौँ आइपुगेको छ । नेपालले खरिद गरेको ४० लाख डोजमध्येको अन्तिम खोप अन्तर्गत सो परिमाणको खोप आइपुगेको हो ।

पाँचौ पटक नेपाल वायुसेवा निगमको वाइडवडी ३३० जहाजले बेइजिङबाट थप खोप ल्याएसँगै ४० लाख खोप काठमाडौँ आइपुगेको हो ।

शुक्रबार दिउँसो २ः०५ बजे खोप काठमाडौं आइपुगेको नेपाल वायुसेवा निगमले जनाएको छ । निगमको जहाजले यसअघि चार कार्गो उडानबाट आठ लाख डोजका दरले ३२ लाख खोप ल्याइ सकेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com