अध्यक्ष ओलीद्वारा स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ, १६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक आह्वान गर्नुभएकोछ ।

बैठक आज दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठकमा चार एजेण्डामा छलफल हुनेछ । केन्द्रीय विभागहरुको पूर्णता दिने, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण तथा एमालेमा माधवकुमार नेपाललको पार्टी विरुद्धको गतिविधि र आगामी दिनमा के गर्ने भन्ने विषय बैठकको एजेण्डा रहेको बताइएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com