ओली–नेपाल शक्ति प्रदर्शनमा, एक ठाउँ बस्न नसक्ने झल्को

काठमाडौँ, १७ साउन । दोस्रो तहका नेता पार्टी एकता गर्न प्रयासरत छन् । तर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बोली र क्रियाकलाप भने एकताभन्दा पार्टी विभाजन उन्मुख छन् ।

शनिबार ओली र नेपाल छुट्टाछुट्टै कार्यक्रममा सहभागी भए, दुवैले एकताभन्दा एकता विरोधी अभिव्यक्ति दिए । दुवै नेताका गतिविधिले अब एक ठाउँ बस्न नसक्ने झल्को दिन्थ्यो ।

ओली शनिबार काठमाडौँ जिल्ला कमिटीको विस्तारित बैठकमा पुगे भने वरिष्ठ नेता नेपाल युथ फोर्सको समानान्तर रुपमा गठन गरिएको अखिल फोर्सको भेलामा गए । दुवै जना शक्ति प्रदर्शनमा लागेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com