एमाले स्थायी कमिटीको बैठक आज बस्ने

काठमाडौँ, १७ साउन । नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्ने भएको छ ।

हिजो च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बोलाइएको बैठक विषयमा प्रवेश नगरी आज बस्ने गरी स्थगित गरिएको थियो ।

आज दिउँसो ३:००  बजे स्थायी कमिटी बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । शनिबार बोलाइएको बैठक कुनै पनि विषयमा प्रवेश नगरी पार्टी एकताका लागि थप पहल गर्ने भन्दै  स्थगित गरिएको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com