थप २५६८ जनामा कोरोना संक्रमण, २०२० जना डिस्चार्ज

काठमाडौँ, १७ साउन । थप २ हजार ५ सय ६८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ९७ हजार ३ सय ७० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार २ सय ९८ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ हजार २० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ५६ हजार १ सय ९७ जना रहेको छ । आज १८ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७५ जना पुगेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com