ओली सरकाले गरेका राम्रा कामलाई रोक्न खोजे सिंहदरवार घर्ने नेता बस्नेतको चेतावनी

काठमाडौँ, १७ साउन । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी निर्वाचन पछि एमाले सिंहहदरवारको मुल गेटबाट प्रवेश गरी शेरबहादुर देउवालाई झ्यालाबाट निकाल्ने चेतावनी दिनुभएको छ । आगामी निर्वाचन पछि एमालेले अत्याधिक बहुमतका साथ निर्वाचित भई सरकार सञ्चालन गर्न सिंहदरवारको मुल गेटबाट प्रवेश गरी परमादेशको सरकारलाई झ्यालबाट निकाल्ने चेतावनी दिनुभएको हो ।

राष्ट्रिय युवा संघ नेपाल मध्यपुर थिमी नगरकमिटीले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता बस्नेतले परमादेशको सरकारलाई जनताको जनादेशबाट एमाले मुलुकको गर्ने बताउनुभयो । देश र जनताको मनमुटुमा एमाले रहेको उल्लेख गर्दै उहाँले देशी विदेशी चचलखेलले बनेको परमादेशबाट बनेको देउवा नेतृत्वको सरकार जनताको पक्षमा नभएको दावी गर्नुभयो । अदालतमा भ्रष्टाचार, अनियमितता, सेटिङ, विचौलीयाको हावीलगायतका विकृतिहरु हुने गरेको सर्वोच्चले गठन गरेको संवैधानिक परिषद्को प्रतिवेदनले सोत जानकारी दिएको उहाँले उल्लेख गर्नुभयो ।

एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले विकास र समृद्धिको पक्षमा देशभर मुल फुटाएको दावी गर्दै नेता बस्नेतले ओली नेतृत्वको सरकारले गरेका राम्रा कामलाई यो वा त्यो बहानामा रोक्ने प्रयास वर्तमान सरकारले गरे त्यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो । ओली सरकाले गरेका राम्रा कामलाई रोक्न खोजे सिंहदरवार घर्ने चेतावनी समेत उहाँले दिनुभयो ।

आगामी निर्वाचनमा कम्तिमा ५० लाख मतका साथ एमालेले बहुमत ल्याई जनताको तिव्र विकास प्रतिको चाहना पुरा गर्ने उल्लेख गर्दै नेता बस्नेतले आगामी निर्वाचनमा कांग्रेस माओवादीलगायतका दलहरुले भक्तपुर जिल्लामा वडा सदस्य समेत नजित्ने दावी गर्नुभयो । अब मुलुकमा एमाले दुई तिहाई मतका साथ सरकारको नेतृत्व सञ्चालन गर्ने दावी गर्दै उहाँले षड्यन्त्र, जालझेल तथा देशी विदेशी चलखेलबाट नेपाली जनतालाई शासन गर्ने तिनको अन्त्य गराउने उद्घोष गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आगामी निर्वाचनमा एमालेका अध्यक्ष तथा राजनेता केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामहरु एक एक गरेर जनताको बिचमा लैजान्छौं । भक्तपुरकै सवालमा हेर्ने हो भने कांग्रेसको नेतृत्वमा ३० वर्षमा भएको विकासभन्दा एमालेको नेतृत्व आएसँगै विगत तीन वर्षमा नै ३० वर्षमा गरेको भन्दा कयौं गुणा बढी विकास गरेका छौं । निर्वाचनमा हाम्रो जनताको माझमा जाने कुरा नै भएका विकास र राम्रा राम्रा कुराहरुलाई पुर्याउँदै अबको दिनमा विकास र समृद्धिको यात्रामा तथा जनताको तिव्र विकास प्रतिको चाहना पुरा गर्ने एकमात्र पार्टी एमाले हो भन्ने कुरा स्थापीत गर्दै बहुमतसहितको सरकार बनाउँछौं । भक्तपुरमा निर्वाचमा तीनवटै तहको निर्वाचनमा क्लिन स्वुप बनाउँछौं । जमान जफत गराउँछौं ।’

उक्त कार्यक्रममा पार्टीका जिल्ला कमिटी अध्यक्ष बचन देउजा, सूर्यविनायक नगरप्रमुख बाशुदेव थापा, संघका उपाध्यक्ष तथा युथफोर्सका केन्द्रीय संयोजक क्षितिज थेवे, उपाध्यक्ष तथा सहसंयोजक पुष्प श्रेष्ठ, उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख असोक चौलागाईलगायतका संघका पदाधिकारीहरुको उपस्थिती रहेको कार्यक्रममा मध्यपपुर थिमी नगरक्षेत्रका मात्र दुई सय ७० जना कांग्रेस माओवादी परित्याग गरि एमालेमा प्रवेश गरेका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com