राष्ट्रिय युवा संघले भन्योः ‘नालायक कुम्भकर्ण सरकार आँखा खोल’

काठमाडौँ, १७ साउन । नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाली जनताको रक्षाको लागि आँखा खोल्न आग्रह गरेको छ ।

संघको केन्द्रीय कमिटीको आयोजनामा काठमाडौँको नयाँ बानेश्वरमा आयोजित विरोध कार्यक्रममा उपस्थित युवाहरुले वर्तमान देउवा नेतृत्वको सरकार नालायक कुम्भकर्ण जस्तै ६ महिना सुत्ने ६ महिना उठ्ने प्रकारको भएको बताए । दार्चुला जिल्लाको महाकाली नदी तर्ने क्रममा नेपाली युवा जय सिंह धामी बेपत्ता हुनुभएको थियो । भारतीय सुरक्षा बल एसएसवीले धामी तुहिनबाट नदी तर्दै गर्दा तुहिन काटी नदीमा खस्नुभएको थियो । सोही कुराको विरोध गर्दै वर्तमान भारतीय कम्फर्टेवल देउवा नेतृतत्वको सरकार भारतीय एसएसवीविरुद्ध चुइक्क बोल्न नसकेको भन्दै संघका कार्यकर्ताले आक्रोस जनाएका थिए ।

गृहमन्त्री बालकृष्ण खाँडले समेत मन्त्रालयमा निर्देशन दिई पत्रकारलाई समेत भारतविरुद्ध नलेख्न चेतावनी दिनुभएको थियो । सरकारले नेपाली जनताको सुरक्षामा आँखा चिम्लिएर बसेको भन्दै संघका कार्यकर्ता सडकमा आउनुपरेको बताए ।

संघका कार्यकर्ताले, कुम्भकर्ण सरकार आँखा खोल, एसएसवीलाई कारवाही गर, नालायक गृहमन्त्री राजिनामा दे, जय सिंह धामीलाई न्याय दे, हेपार प्रवृक्ति बन्द गर, जय सिंह धामीको सत्यतथ्य छानविन गरी सार्वजनिक गर, सरकार किन बोल्दैन, देखेन कि सुनेन ? लगायतका नाराहरु लगाएका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com