एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, १८ साउन । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित हुने बताइएको छ ।

बैठकमा बामदेव गौतम सहभागी हुनुभएको छ भने माधव कुमार नेपाल समुह सहभागी भएको छ । ओली पक्षले भने एमाले विवाद समाधान कार्यदलले तयार गरेको १० बुँदे प्रस्तावका आधारमा पार्टी एकता गरेर अगाडि बढ्नु पर्नेमा जोड दिँदै आएको छ । तर, नेपालले पनि अस्विकार गर्दै आएका छन् । माधव नेपाल सम्मानजनक एकताको वातावरण नभएसम्म एकता सम्भव नरहेको बताउँदै आएका छन् ।

आजको बैठकले माधव समूहलाई के गर्ने भन्ने निर्णयमा पुग्न सक्ने एमाले नेताहरुले बताएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com