सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको घोषणा

काठमाडौँ, १८ साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

आज आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् ।

मन्त्री रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट राजीनामा दिने पनि उनले बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com