५० शैयामाथिका सबै सरकारी अस्पतालबाट खोप कार्ड प्रमाणीकरण गरिने
काठमाडौँ, १८ साउन । अब ५० शैयाभन्दा माथिका सबै सरकारी अस्पताबाट कोभिड–१९ विरुद्धको ‘भ्याक्सिन सर्टिफिकेट’ प्रदान गरिने भएको छ ।
स्वास्थ्य सेवा विभागले एक सूचना जारी गर्दै देशभरका ५० शैयाभन्दा माथिका सबै सरकारी अस्पतालहरुलाई खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
