थप ३१२५ जनामा कोरोना संक्रमण, १९२५ जना डिस्चार्ज

काठमाडौँ, १८ साउन । थप ३ हजार १ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ९९ हजार ६ सय ४९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ६ सय २९ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ९ सय २५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ५८ हजार १ सय २२ जना रहेको छ । आज २३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८ जना पुगेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com