‘फ्लोर क्रस’ गर्ने चार एमाले सांसदको पदमुक्त गर्ने सर्वोच्चको आदेश

काठमाडौँ, १८ साउन । सर्वोच्च अदालतले ‘फ्लोर क्रस’ गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएका चार सांसदलाई एमालेले गरेको कारबाही सदर हुने गरी आदेश दिएको छ ।

आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले उक्त आदेश दिएको हो ।  फैसलासँगै प्रदेश सभासदस्यहरू प्रकाश ज्वाला, अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्द सिंह बुढाको सांसद पद गएको छ ।

‘आफैं समावेश भएको संसदीय दलको निर्णयविपरीत ‘फ्लोर क्रस’ गरी दलको निर्णयविरूद्ध उभिई भएको कामकारबाहीलाई लोकतान्त्रिक पद्धति एवं संस्कार र मान्यता अनुकूल एवं नेपालको संविधान तथा राजनीतिक दलसम्बन्धी ऐनको दफा २८ र ३२ अनुकूल भएको मान्न नसकिने हुँदा यस अदालतबाट जेठ २८ मा भएको अन्तरिम आदेशले निरन्तरता पाउँदैन, खारेज हुने ठहर्छ’, आदेशमा भनिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com