एमाले स्थायी कमिटीको बैठक सकियो (निर्णयसहित)
काठमाडौँ, १८ साउन । नेकपा एमाले स्थायी कमिटीको बैठक सकिएको छ ।
प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार पार्टी स्थायी कमिटीको आज बसेको बैठकले ९ वटा विभाग बनाएको छ । विभागमा माधव नेपाल समूहलाई भने समेटिएको छैन । पार्टी स्थायी कमिटीको आज बसेको बैठकले संगठन, स्कुलसहितका १४ वटा विभाग बनाएको हो ।
आजको बैठकले पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन वडा तहदेखि नै अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए । एमालेले गठन गरेको विभागमा संगठन विभाग, संसदीय विभाग, आर्थिक विभाग, प्रचार विभाग, पर्यटन प्रबद्र्धन विभाग,स्कुल विभाग, विदेश विभागलगायतका रहेका छन् ।
विभागहरूमा अहिले सबै संख्यामा मनोनयन गरिएको छैन । आगामी २४ गते बस्ने केन्द्रीय कमिटीले थप निर्णय गर्ने प्रवक्ता ज्ञवालीले बताए ।