आफु बजेट ल्याउन नसक्ने, अरुले ल्याएको बजेटको भ्रमको खेती गर्दै कांग्रेसका जनप्रतिनिधि

भक्तपुर, १८ साउन । जिल्लामा विगत लामो समयसम्म नेतृत्व गरेको गरेको नेपाली कांग्रेसले जनताको विकास समृद्धिको पक्षमा नभई आफ्नो र आफ्ना कार्यकर्ताको भरण पोषणमा नै सिमित रहेको कांग्रेसले भ्रमको खेतीलाई तिव्र बनाएको पाइएको छ । जिल्लामा विगतको इतिहास हेर्ने हो भने कांग्रेसले जनताको पक्षमा माखो पनि मारेन । जसको एक मुख्य पात्र हुन मध्यपुर थिमी नगरपालिका वडा नं. २ का कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष राम थापा । आफ्नो नेतृत्वमा कुनै पनि तहबाट विकासको लागि बजेट ल्याउन नसक्ने र अरुले ल्याएको बजेटमा मैले गरेको भनि झुट प्रचार गर्ने सायद कांग्रेसका जनप्रतिनिधिको व्यवसाय नै हुन सक्छ ।

यसको ज्वलन्त उदाहरण हो, ‘सानो थिमी–धुन्चेपाखा–मगरगाउँ–बोडे सडक’ निर्माण तथा स्तउन्नती । जसमा दुई भागमा विभाजन गरी आयोजना अगाडी बढाइएको थियो । पहिलो– धुन्चेपाखा–मगरगाउँ ओरालो सडक ढलान र दोस्रो– सानो थिमी–धुन्चेपाखा–मगरगाउँ–बोडे सडक’ निर्माण तथा स्तउन्नती । उक्त आयोजनाको पहिलो खण्ड धन्चेपाखा–मगरगाउँ ओरालो सडक ढलान सम्पन्न भएको छ । जसलाई वडाध्यक्ष थापाले आफ्नो पहलमा ल्याएको बजेट भन्दै सामाजिक सञ्जालमा उद्घाटन तथा रिवन काटेको तस्विर हाले ।

दुवै आयोजनाको यस्तो छ वास्तविकता

नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का संघीय सांसद महेश बस्नेतको विशेष पहलमा संघीय सरकारबाट सडक विभाग अन्तरगत आर्थिक वर्ष २०७७/७८ को लागि प्राप्त दुई करोड ३५ लाख बजेट विनियोजन भयो । उक्त बजेटलाई दुई खण्डमा विभाजन गरी सडक विभागले टेण्डर आह्वान गर्यो ।

पहिलो, धुन्चेपाखा–मगरगाउँ ओरालो सडक ढलानको लागि चुनदेवी माता भक्तपुरले रु ३५ लाखको ठेक्का पाएकोमा २८ लाखमा विलो स्वीकार गरी ढलान सम्पन्न गरेको छ । सम्झौता अनुसार उक्त सडक ६६ मिटर लम्वाई र ८ मिटर चौडाईको सडक ढलान सम्पन्न भएको छ । जुन आज वडाध्यक्ष थाापले आफुले ल्याएको बजेट भन्दै भ्रम छरी जनताको आँखामा कसिङ्गर हार्ने प्रयास गर्दै उद्घाटन गरे ।

दोस्रो, ‘सानो थिमी–धुन्चेपाखा–मगरगाउँ–बोडे सडक’ निर्माण तथा स्तउन्नती । जसमा सडक विभागले दुई करोड उक्त सडकको खाल्डा खुल्डी पुर्न तथा सडक ओभर ले गर्न भनि ठेक्का आह्वान गर्यो । जसमा बाँकी दुई करोडको ठेक्का लागेकोमा शोभा विल्डर्स काठमाडौँले एक करोड १० लाख विलोमा टेण्डर पार्यो । उक्त कार्य गर्न वर्षा याम शुरु भएकाले ओभर ले तथा खाल्डा खुल्डी पुर्न समस्या हुने भएकाले अबको केही दिनमा नै शुरु हुन लागेको छ । जसले ६ सय मिटर ओभर ले गर्ने सम्झौता भएको छ ।

दुवै आयोजनाको लागि सडक विभागले निकाले टेण्डर

अरुले ल्याएको बजेटमा वडाध्यक्षको रजाई, आफ्नो बजेट फ्रिज

एमालेका सांसद बस्नेतको पहलमा ल्याएको बजेटमा आफुले ल्याएको भनि भ्रम छर्ने वडाध्यक्ष थापाले आफ्नो नगरपालिकाबाट प्राप्त बजेटलाई भने सदुपयोग गर्न नसकेको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा करिव ५७ प्रतिशतमात्र बजेट खर्च गर्न सफल भएको नगरपालिकाले गएको आर्थिक वर्षमा भने अझ त्यो भन्दा पनि कम गरेको बुझ्न आएको छ । वडाध्यक्ष थापाले त झनै नगरपालिकाबाट वडामा आएको बजेटको ३५ प्रतिशत पनि खर्च गर्न सकेका छैनन् । तर आफ्नो नेतृत्वको बजेट खर्च गर्न था आयोजनालाई प्रभावकारी बनाउने योजना तथा क्षमता नै नभएका वडाध्यक्ष थापाले सांसद बस्नेतले गरेको उत्कृष्ट कार्यलाई आफुले गरेको भनि प्रचार गरेका छन् ।

आफ्नो स्थानीयत तहमा आएको बजेट फ्रिज गराउने तर अरुले ल्याएको बजेटमा भ्रम छर्ने कार्यमा कांग्रेस सरकारमा गएसँगै कांग्रेसका जनप्रतिनिधिहरु अहोरात्र लागि परेको देखिएको छ । विवाद गरी नगरपालिकाको बजेट खर्च गर्न नसक्ने कांग्रेसका जनप्रतिनिधिको रजाईलाई जनताले प्रत्यक्ष रुपमा निगरानी तथा मूल्याङ्कन गरिरहेका छन् ।

उद्घाटन पछि वडाध्यक्षको स्ट्याटस

काम गर्ने कालु मकै खाने भालु

सडक विभागलाई समेत जानकारी नदिई वडाध्यक्षले नै उद्घाटन गरी काम गर्ने कालु मकै खाने भालु जस्तो प्रवृक्ति देखाएका छन । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधिसभाका सांसद बस्नेतको विशेष पहलमा प्राप्त बजेट आयो । एउटा आयोजना निर्माण सम्पन्न भयो र अर्को निर्माण शुरु हुने क्रममा रहेको छ । सांसद बस्नेतलाई त उद्घाटन गर्ने कार्यक्रम जानकारी भएन, उक्त सडक निर्माण गर्ने सडक डिभिजन कार्यालयलाई समेत जानकारी भएन । कुनै पनि आयोजना निर्माण सम्पन्न गर्दा इन्जिनियरले प्रमाणीत गर्नुपर्छ, जुन सम्झौता अनुसारको छ कि छैन ? गुणस्तरिय छ कि छैन ? सडक विभाग, डिई तथा सम्बन्धीत निकायलाई समेत कार्य सम्पन्न भएको जानकारी नै नगराई वडाध्यक्ष थापाले उक्त सडक उद्घाटन गरेको बताइएको छ । उक्त सडक निर्माणलाई प्राविधिक रुपमा हेरिरहनुभएका सडक विभागका इन्जिनियर बालेश्वर खड्कालाई जानकारी तथा रिपोर्ट समेत नलिई उद्घाटन गरिएको छ ।

वडाध्यक्षले भ्रमको खेती गरेको सांसद बस्नेतको भनाई

संघीय सरकारबाट प्राप्त बजेटबाट निर्माण भएको उक्त सडकको कांग्रेसका वडाध्यक्ष थापाले गैर जिम्मेवारी पूर्ण व्यवहार गरेको सांसद बस्नेतले आक्रोस व्यक्त गर्नुभयो । आफ्नो अथक प्रयासबाट जनताको माग र आवश्यकतालाई मध्यजर गर्दै बजेटको व्यवस्थापन गरेको उल्लेख गर्दै सांसद बस्नेतले गलत प्रचारको पछि नलाग्न जनतालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘केही दिनमा नै शुरु हुने ओभर लेको काम पनि आफुले गरेको भनि शिलान्यास र उद्घाटन गर्न कांग्रेसका जनप्रतिनिधि (वडाध्यक्ष) थाापले प्रचार गर्न सक्छन् । किन कि सरकारमा कांग्रेस गएको छ, भ्रमको खेती गरि निर्वाचन केन्द्रीत हुनुछ । तर त्यस्ता अनावश्यक भ्रमले भक्तपुरका जनतालाई झुक्याउन सक्ने छैनन् । आम भक्तपुरका जनता भ्रममा नपर्न आग्रह गर्दछु । उक्त ओरभ ले को काम पनि केही दिनमा नै शुरु हुने छ ।’

मथिनपा २ मा नै थप तीन वटा आयोजना सम्पन्न

सांसद बस्नेतको पहलमा नै उपत्यका विकास प्राधिकरणबाट सूर्योदय मार्ग ढल तथा खापानी पाईप विस्तार रु ४२ लाख र सहजमार्गमा ढल रु ४७ लाख तथा (सहरी विकास मन्त्रालयबाट प्राप्त रु ७८ लाखको बजेटमा चन्द्रेश्वर मन्दिरबाट पश्चिम तर्फ ढल तथा खानेपानी पाईप विस्तारको कार्य समेत सम्पन्न भएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com