आज संघीय संसद प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ, १९ साउन । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।
दिउँसो १ बजे बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम आयोगको आर्थिक वर्ष २०७६र०७७ वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा सभामुखले अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।