अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भेटवार्ता

काठमाडौँ, १९ साउन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रचण्ड र नेता नेपालबीच कोटेश्वरमा भेटवार्ता भएको हो । उनीहरुबीच बिहान ९ देखि १० बजेसम्म करिब एक घण्टा छलफल भएको थियो ।

दुई नेताबीच छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । छलफलको विषयवस्तुबारे भने खुलाइएको छैन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com