आफ्नै श्रीमतीको हत्या गर्ने एक जना पक्राउ

काठमाडौँ, २० साउन । आफ्नै श्रीमती २८ वर्षीया बबिता राईको हत्या गरेको अभियोगमा काठमाडौँबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरपालिका–१६ चौमती डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका–२ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

रामेश्वरले मंगलबार राति आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com