थप ४१०७ जनामा कोरोना संक्रमण, १५३५ जना डिस्चार्ज
काठमाडौँ, २० साउन । थप ४ हजार १ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ५० हजार ७२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३३ हजार ४ सय ६४ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १ हजार ५ सय ३५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ६१ हजार ६ सय ५१ जना रहेको छ । आज ३५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ९ सय ५७ जना पुगेको छ ।